नेपाल एग्रो लघुवित्तको चौंथो साधारण सभा सम्पन्न, १५ प्रतिशतको दरले वोनश शेयर वितरण

  २०७६ पुष १२ गते १८:३०     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाकोे चौंथो वार्षिक साधारणसभा कास्कीको पोखरामा सम्पन्न भएको छ । साधारणसभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयरधनीहरुलाई १५ प्रतिशतका दरले वोनश शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै ३ लाख९३ हजार २ सय ४५ रुपैयाँ नगद लाभांश (बोनश शेयरको कर प्रयोजनका लागि) प्रदान गर्न स्वीकृत गरेको अध्यक्ष रमेश कुमार कर्माचार्यले बताए । उक्तसभाबाट नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको जारी तथा चुक्तापुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँ हुने गरी प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले जानकारी दिए ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाबीच मर्जरको प्रकृया शुरु भएको र राष्ट्र बैंकबाट दुवै लघुवित्त संस्थालाई गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनको लागि सैद्धान्तिक सहमति समेत प्राप्त भएको जानकारी सभालाई प्रमुख कार्यकारी अधिकृत लम्सालले दिए ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको नियमावली बमोजिम सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको प्रतिनिधित्व गर्नुपर्ने व्यवस्था अनुसार साधारणसभाबाट कास्की जिल्ला काँहु गा.वि.स.को वडा नंं. १ नागरिकताको ठेगाना भएका शेयरधनी नवराज घिमिरे र लम्जुङ जिल्ला भुलभुले गा.वि.स. को वडा नंं. ८ नागरिकताको ठेगाना भएका शेयरधनी गंगाप्रसाद तामाङ निर्वाचित भएको निर्वाचन अधिकृत खगेन्द्रराज घिमिरेले जानकारी दिए ।

सो समारोहमा नवनिर्वाचित सञ्चालकहरु नवराज घिमिरे र गंगाप्रसाद तामाङले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रमेशकुमार कर्माचार्यबाट सञ्चालकको सपथ ग्रहण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.