साधना लघुबित्तको तेश्रो बार्षिक साधारण सभा, आईपिओ निस्कासन गर्ने प्रस्ताव पारित

  २०७६ पुष १२ गते १८:००     विकासन्युज

काठमाडौं । साधना लघुबित्त बित्तीय संस्थालि.ले तेश्रो बार्षिक साधरण सभाबित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा होटल बिसौनी गोरखामा सम्पन्न भएकाे छ ।
उक्त साधारण सभाले सञ्चालक समितीको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिबेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रबाहको विवरण र आर्थिक २०७६/०७७ को बाह्य लेखा परिक्षण गर्ने कार्यका लागी ए.के.जी.एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखा परिक्षकमा नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । पुँजी संरचना सम्बन्धी व्यवस्था संसोधन गरी सञ्चालक समितीले प्रस्ताव गरे ।

बमोजिमको जारी पुजीको ३२.५ प्रतिशत अर्थात ७ लाख ७ हजार ८ सय कित्ता शेयर सर्वसाधारणका लागीजारी गर्ने , आईपिआ प्रश्चात बित्तीय संस्थाको चुक्तापुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँ पुग्नुको साथै कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताब समेत पारित गरेको छ ।

भविष्यमा अन्यकुनै लघुबित्त बित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्तिमा जान आवश्यक सहमति सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बित्तीय संस्थाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

यहि मिति २०७६/०८/११ गतेबाट राष्ट्रियस्तरमा स्तोरन्तीभएको यस बित्तीय संस्थाले सरल, सहज तथा उत्कृष्ठ बित्तीय सेवा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए । हाल यस बित्तीय संस्थाले ४७ वटा शाखा कार्यालय मार्फत करिब ४१ हजार घरधुरीलाई बित्तीय सेवाप्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.