साहित्यकार डा.भट्टले पाए वनिता लघुकथा सम्मान

  २०७६ पुष १२ गते १२:५३     विकासन्युज

काठमाडौं । वनिता लघुकथा सम्मान २०७६ द्वारा साहित्यकार डा.पुष्करराज भट्ट सम्मानित भएका छन् ।

वर्षेनी साहित्यकारलाई प्रदान गरिँदै अाएको पुरस्कार यो वर्ष डा.भट्टलाई प्रदान गरिएको हो ।

कार्यक्रमकी सभापति रञ्जुश्री पराजुलीले वनिता त्रैमासिकमार्फत पुरस्कार प्रदान गर्ने गरी एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेेको बताइन् ।

वनिता परिवारको तर्फबाट मञ्जिला उप्रेतीले स्वागत मन्तव्य राखेकी हुन् । समारोहमा वनिता त्रैमासिककी सम्पादक, प्रकाशक लक्ष्मी उप्रेती, सम्मानित स्रष्टा डा.पुष्करराज भट्ट एवम् प्रेस काउन्सिलका सदस्य चेतनाथ धमलाले मन्तव्य राखेका थिए ।

उक्त वनिता लघुकथा विशेषांक विमोचन कार्यक्रममा वरिष्ठ बालसाहित्यकार, नियात्राकार रञ्जुश्री पराजुलीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य मातृका पोखरेलको प्रमुख आतिथ्य एवम् कथाकार इन्द्रकुमार श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.