क्रिसमस मनाउने क्रममा तेह्र जनाको मृत्यु, २ सय ७५ जना पक्राउ

  २०७६ पुष १० गते १४:३१     विकासन्युज

तेगुसिगाल्पा । क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ ।

सडक तथा यातायात राष्ट्रिय निर्देशनालयका उप निरिक्षक जोस कार्लोस लागोसले सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको पत्रकारहरुलाई जानकारी दिए ।

दुर्घटनाहरु कोमायागुय, बाय आइल्याण्ड र सान्त बार्बारामा दुर्घटना भएको उनले बताए । सो अवधिमा गलत क्रियाकलाप गर्ने २ सय ७५ जनालाई पक्राउ गरिएको र ४० ओटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.