टिभीएस मोटरद्वारा टिभीएस एनटर्क १ सय २५ रेस एडिसन सार्वजनिक

  २०७६ पुष ९ गते १८:१३     विकासन्युज

काठमाडौं । टिभीएस मोटर कम्पनीले टिभीएस एनटर्क १ सय २५ रेस एडिसन सार्वजनिक गरेको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गर्दै १ सय २५ रेस एडिसन सार्वजनिक गरेको बताएको हो ।

यो मोटर साइकलमा रेस एडिसनमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको जनाएको छ । बाइकमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिने छ ।

टिभीएस मोटर कम्पनीका, इन्टरनेशनल बिजनेश, एक्जुकेटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषता बाहेक, यसको प्रदर्शन टिभीएस एनटर्क १ सय २५ को हलमार्क बनेको बताए ।

उनले स्कुटर टिभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको बताए । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभीएस एनटर्क १ सय २५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको बताए ।

उनले स्कुटरको रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्ने बताए ।
सन् २०१८ सेप्टेम्बरमा सार्वजनिक भएको टिभीएस एनटर्क १ सय २५ ले आफ्नो लक्षित ग्राहक–जेन जेड बाट निकै राम्रो प्रतिक्रिया पाइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.