वैदेशिक रोजगारमा जाने महिलालाई श्रम सम्बन्धि प्रशिक्षण अनिवार्य

  २०७६ पुष ९ गते ११:३०     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार विभाग, ताहचल कार्यालयले वैदेशिक रोजगारमा जाने महिलाका लागि अनिवार्य  रूपमा प्रशिक्षण दिँदै आएको छ । करिब पाँच महिनादेखि निरन्तर श्रम स्वीकृति जारी गर्न आएका महिलाका लागि सो प्रशिक्षण अनिवार्य गरिएको हो । दलालका मिठा गफमा होइन बुझेर वैदेशिक रोजगारमा जानु पर्ने भन्दै श्रम कार्यालयले सो प्रशिक्षण दिएको हो ।

श्रम स्वीकृतिका लागि आउने महिला पुरुषको सबैलाई प्रशिक्षण दिन सम्भव नहुँदा महिलालाई मात्र ५ महिनादेखि प्रशिक्षण प्रदान गर्दै आएको वैदेशिक रोजगार विभाग, ताहचल कार्यालयका प्रमुख देवेन्द्र कार्कीले बताए । नेपालमा दैनिक रुपमा एक हजार युवा वैदेशिक रोजगारमा जाने गर्छन् ।

‘श्रम स्वीकृतिका लागि विहानै देखि कार्यालयमा लाग्ने श्रमिकको भुइँचो हालैमात्र लागु भएको ई. टोकन सिस्टमले प्रभाव पारेको छ ।’ यसले गर्दा श्रम स्वीकृतका लागि आउने व्यक्तिका लागि पहिलोको जस्तो काम भएन भनेर फर्किनु नपर्ने कार्यालय प्रमुख कार्कीले जनाए ।

श्रम कार्यालय ताहचलले ५ महिनादेखि महिलाका लागि मात्र प्रशिक्षणमा आएका छ । प्रशिक्षणमा आउने महिलाहरु गरिबी र विकट भेगका, श्रीमानले दुई विवाह गरेका तथा मङ्गोलियनको दरबढी भएको प्रशिक्षक मनिष केसीले जानकारी दिए । दैनिक कम्तीमा १५ देखि ५० जनाको महिलाको उपस्थिति सो प्रशिक्षणमा ८० प्रतिशत महिला घरेलु काम तथा सरसफाइमा र सेल्समा जाने प्रशिक्षक मनिष केसीले बताए ।

वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरु दलाल पनि हुने हुँदा मिठा र चिल्ला कुरा धेरै फस्ने हुँदा तुरुन्तै भर नपर्नुका लागि यस प्रशिक्षण कार्यक्रम मार्फत सजक गराउँने काम गरिन्छ । भिषा, करार अवधि तथा पासपोर्टको फोटोकपी आफ्नो घरपरिवारलाई सोध्नु पर्ने जानकारी दिँदै आफुले काम गर्ने कम्पनी तथा तलब, सुविधा बुझेरमात्र करार गर्नु पर्ने छ ।

वैदेशिक रोजगारीमा जाँदा कामसँग सम्बन्धित सीप सिकी स्वास्थ्य परीक्षण र बीमा गराई श्रम स्वीकृतिको आवश्यकताको विषयमा श्रम कार्यालय ताहचलले जानकारी दिएको छ । आधा घण्टा प्रदान गर्ने उक्त प्रशिक्षण समूहमा तथा व्यक्तिगत रुपमा पनि गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.