युनिटी ट्रेडिङ्गकाे दोस्रो शोरुम ललितपुरको ग्वार्कोमा, पाँच नयाँ मोडेल प्रस्तुत गर्दै (मूल्यसहित)

  २०७६ पुष ७ गते २१:५१     विकासन्युज

काठमाडौं । बेनेली मोटरसाईकलको लागि ललितपुर जिल्लाको अधिकृत बिक्रेता युनिटी ट्रेडिङ्ग प्रा. लि. ले ललितपुरको ग्वार्कोमा दोस्रो बेनेली शोरूमको उद्घाटन गरेको छ । उक्त शोरुम वर्कशप सुविधा सम्पन्न एवम् अन्तराष्ट्रिय स्तरको बाइकको रहेको कम्पनीले जनाएको छ ।

उक्त शोरूममा कम्पनीले पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जस्ले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पुयाउँनेछ । १५० सीसीको ‘टीएनटी१५’, १५० सीसीको ‘टीएनटी१५आई’, २५० सीसीको ‘बीएन२५१’, ‘लियोनसीनो २५०’ र ‘टीआरके२५१’ नयाँ पाँच मोडेल हुन् । कम्पनीका अनुसार नेपाली बजारमा ‘टीएनटी१५’ को मूल्य २ लाख ३० हजार रुपैयाँ, ‘टीएनटी१५आई’को मूल्य ३ लाख १५ हजार, ‘बीएन२५१’ को मूल्य ५ लाख २० हजार, ‘लियोनसीनो २५०’ र ‘टीआरके२५१’ दुबैको मूल्य ६ लाख ३० हजार रुपैयाँ रहेको छ । यी सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको कम्पनीले जानकारी दिएको छ ।

बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक राजन जोशीेको अनुसार यी मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो जसले स्वामित्वको किफायती लागतको साथ प्रीमियम इटालेली अनुभव प्रदान गर्दछ । बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित छ ।

बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र यसले १९११ देखिनै मोटरसाइकल पारखीबीच बैग्लै पहिचान बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.