अमेरिकी इलेक्ट्रिक साइबर ट्रक, सार्वजनिक भएको दुई दिनमै डेढ लाख युनिट अर्डर

  २०७६ पुष ७ गते १३:१०     विकासन्युज


काठमाडौं । अमेरिकन अटोमोटिभ एण्ड इनर्जी कम्पनी टेस्लाले ‘साइबरट्रक’ नामक अल–इलेक्ट्रिक पिकअप ट्रकलाई विश्वसामु अनावरण गरेको एक महिना पूरा भएको छ ।

कम्पनीले साइवर ट्रकको सिङ्गल मोटर, डुअल मोटर र ट्रिपल मोटर गरी तीन अलग भेरियन्टलाई प्रदर्शन गरेको थियो । सिङ्गल मोटर भेरियन्ट रियर व्हिल ड्राइभ हो भने बाँकी दुई भेरियन्टहरु अल व्हिल ड्राइभ मोडेल हुन् ।

साइवर ट्रकलाई प्रदर्शन गरेको दुई दिनभित्रै १ लाख ४६ लाख अर्डर प्राप्त गरेको कुरा कम्पनीका सीइओ एलर मस्कले ट्वीटर मार्फत् जानकारी दिएका थिए ।

उनका अनुसार डुअल मोटर भेरियन्टको अर्डर ४२ प्रतिशत रहेको छ भने ट्रिपल मोटर भेरियन्टको ४१ प्रतिशत र सिङ्गल मोटर भेरियन्टको १७ प्रतिशत रहेको छ ।

यस्ता छन् विशेषता

साइवर ट्रकको बाहिरी सतह अल्ट्रा हार्ड कोल्ड–रोल्ड स्टेनलेश स्टिलले बनेको छ, जसलाई कम्पनीले बुलेटप्रुफको संज्ञा दिएको छ । यसले ९ मिलिमिटर क्यालिवरका बुलेटलाई समेत सजिलै छेक्ने दावी कम्पनीले गरेको छ ।

त्यसैगरी, यसमा अल्ट्रा–स्ट्रङ्ग ग्लासको प्रयोगसमेत गरिएको छ, जसले ठूलै चोट पनि सजिलै झेल्न सक्छ ।

साइवर ट्रकको इन्टेरियरको कुरा गर्नुपर्दा यसमा १७–इञ्च सेन्टर डिस्प्ले, ६ जनाको लागि सिट, डिजिटल रियर–भ्यू क्यामेरा जडित मिरर, रेस कारको स्टाइलमा आधारित स्टेयरिङ्ग लगातको विशेषता समावेश छ ।

त्यसैगरी, यसका सवै भेरियन्टहरुमा टेस्ला अटोपाइलटको फिचर समावेश गरिएको छ । यो टेस्लाको एड्भान्स्ड ड्राइभर–असिस्टेन्स सिस्टम हो, जसले लेन सेन्टरिङ्ग, एडेप्टिभ क्रुज कन्ट्रोल, सेल्फ–पार्किङ्ग, अटोमेटिक लेन चेञ्ज लगायतलाई परिचालन गर्दछ ।

यो ट्रक सान्दार अफरोडिङ्ग क्षमताले भरिपूण रहेको छ । सेल्फ–लेभलिङ्ग सस्पेन्सनको प्रयोग गरिएको यस ट्रकमा १६ इञ्च अर्थात् ४०६ मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ ।

भेरियन्टहरुको पर्फमेन्स

सिङ्गल मोटरः टेस्लाका अनुसार सिङ्गल मोटर भेरियन्टले फुल चार्जमा ४ सय किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने ६.५ सेकेण्डमै ० देखि १ सय किलोमिटरको रफ्तार पक्ड्न सक्छ । त्यसैगरी, १ सय ७५ किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ३ हजार ४ सय केजीसम्मको वाहनलाई तान्न सक्छ ।

डुअल मोटरः साइवर ट्रकको डुअल मोटर भेरियन्टले फुल चार्जमा ४ सय ८० किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने ४.५ सेकेण्डमै ० देखि १ सय किलोमिटर प्रतिघण्टाको रफ्तार पक्डन सक्छ । त्यसैगरी १ सय ९५ किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ४ हजार ५ सय ५० केजीसम्मको वाहनलाई तान्न सक्छ ।

ट्रिपल मोटरः साइवर ट्रकको ट्रिपल मोटर भेरियन्टले भने फुल चार्जमा ८ सय किलोमिटरको रेञ्ज प्रदान गर्दछ भने २.९ सेकेण्डमै ० देखि १ सय किलोमिटर प्रतिघण्टाको रफ्तार पक्डन सक्छ । त्यसैगरी २ सय १० किलोमिटर प्रतिघण्टाको टपस्पिड पनि प्रदान गर्दछ । यस भेरियन्टले १ हजार ६ सय केजीको वजन उठाउन सक्छ भने ६ हजार ३ सय ५० केजीसम्मको वाहनलाई तान्न सक्छ ।

कम्पनीका सीइओ एलन मस्कका अनुसार यी सवै भेरियन्टहरुमा सोलार पावरको अप्शन पनि हुनेछ जसले गाडिलाई थप २४ किलोमिटरको रेञ्ज प्रदान गर्नेछ ।

मूल्य र डेलिभरी

कम्पनीले साइवर ट्रकको सिङ्गल मोटर भेरियन्टको मूल्य ३९ हजार ९ सय अमेरिकी डलर, डुअल मोटर भेरियन्टको मूल्य ४९ हजार ९ सय डलर र ट्रिपल मोटर भेरियन्टको मूल्य ६९ हजार ९ सय डलर तोकेको छ । टेस्लाले साइवर ट्रकको उत्पादन भने सन् २०२१ को अन्त्यमा शुरु गर्ने र डेलिभरी भने सन् २०२२ को शुरुबाटै चालु गर्ने जनाएको छ । एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.