होटल व्यवसायी महासङ्घको अध्यक्षमा शाह

  २०७६ पुष ७ गते १०:१४     विकासन्युज

सुर्खेत ।   होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहीलाई अध्यक्षमा चयन गरेकाे छ । बुटवलका होटल व्यवसायीको नेतृत्वमा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न  ७३ सदस्यीय समिति सर्वसम्मत शाहीलाई चयन गरेको हो ।

निर्वाचन समितिका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रथम उपाध्यक्ष (पर्यटनतर्फ) जनकबहादुर शाही, द्धितीय उपाध्यक्ष (सङ्गठनतर्फ) केपी शर्मा, उपाध्यक्ष (महिलातर्फ) मीनादेवी गौतम, उपाध्यक्ष विश्वराज खनाल, इच्छाबहादुर वाग्ले (प्रशासनतर्फ) र इमान्द बराल चयन भएका छन् ।

त्यस्तै, महासचिवमा वीरमन्जन बटाला, उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, सहकोषाध्यक्षमा मोदनाथ बेल्वासे, सचिवहरुमा दीर्घमान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुल्सीराम भण्डारी, राजु अधिकारी र गणेशबहादुर खड्का रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष शाहले व्यवसायको हकहितका लागि होटल व्यवसायीको एकता जरुरी रहेको औँल्याए । होटल व्यवसायीले दोहोरो कर तिर्नुपर्ने बाध्यता आफूले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.