सन नेपाल लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

  २०७६ पुष ६ गते १४:२६     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोश्रो बार्षिक साधारण सभा पुस ५ गते सम्पन्न भएको छ । काठमाडौंको नक्साल स्थित मेरियट होटलमा सम्पन्न भएको उक्त सभा संचालक समितिका अध्यक्ष अनुजक्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले सामान्य प्रस्तावमा बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत पारित गरेको छ ।

अध्यक्ष अनुजक्यालले सभामा आ.व २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को मंसिर मसान्त सम्मको अवधिमा २१ शखा र ७७ उपशाखा कार्यालय संचालन गरी करीब १५ हजार अभिकर्ता संरचना तयार गरेको छ ।

साथै, इन्स्योरेन्सले छोटो अवधिमा नै उल्लेखनीय बीमालेख बिक्री गरी देशभर आफ्नो संजाल र कारोवार बिस्तार गर्न सफल भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.