महिला फुटबलको उपाधी जित्न सफल दुर्गा मावि

  २०७६ पुष ६ गते ११:२०     विकासन्युज

काठमाडौं । महिला फुटबल प्रतियोगिताको उपाधी दुर्गा माविले हात पारेको छ । रुपन्देहीको आयोजनामा पुस १ गतेबाट शुरु भएको उक्त खेलको फाइनल राउण्डमा पशुपति मावि कोटिहवालाई १–० गोलले पछाडि पार्दै खेलको उपाधी हात पार्न सफल भएको हो ।

सोही दिनको दोश्रो खेल पर्ल मावि तिनपा कोटिहवा र पशुपति मावि तिनपा कोटिहवा बीच भएको थियो । पर्ल मावि र पशुपति मावि बीच भएको खेलमा पशुपति माविलाई पर्ल माविले ५–० गोलले हराएको थियो । पशुपतिलाई ५ गोलले हराएपनि पर्ल माविको चलाखीपूर्ण घुषपैठको कारणले पशुपतिले खेलमा पुन प्रवेश पाएको थियो ।

पर्ल माविको चलाखीपूर्ण कामले खेललाई दुई दिन सम्म प्रभावित बनायो । पूर्व निर्धारित समय अनुसार ३ गते हुने फाईनल खेल सरेर ५ गते पुग्यो । ४ गते भएको दोश्रो चरणको खेलमा खेलको सुरु मै बाई पाएको टिकुलीगढ मावि तिनपा टिकुलीगढ र पर्ल मावि सँग पराजित भएको पशुपति मावि खेलको मैदानमा उत्रिएका थिए ।

पशुपति मावि र टिकुलीगढ मावि बीच भएको खेलमा पशुपति माविले टिकुलीगढ माविलाई १–० गोलले पराजित गर्दै फाईनल राउण्डमा प्रवेश गरेको थियो । फाईनल राउण्डको लागि शनिबार भएको दुर्गा मावि र पशुपति मावि बीचको खेलमा दुर्गा माविले पशुपति माविलाई १–० गोलले पराजित गरेसँगै प्रथम पुरस्कारको विजेता बन्न सफल भयो । दुर्गा माविको जित सँगै खेलमा पशुपति मावि तिनपा कोटिहवा दोश्रो, टिकुलीगढ मावि तिनपा टिकुलीगढ तेश्रो र ठुटिपिपल मावि सियारी गापा चौथो भएका छन् ।

बनको खेल मैदानमा भएको खेलमा प्रथमलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार रुपैयाँ, तृतीयलाई २० हजार रुपैयाँ, सान्तवनालाई दश हजार रुपैयाँ पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र सहित बनका अध्यक्ष तथा प्रमुख अतिथी भोला प्रसाद यादब, खेल संयोगक मिना पाण्डेले लगायतले सम्मान गरेका थिए । साथै खेलमा उत्कृष्ट गोल किपरमा दुर्गा माविकी ईशा थापा र उत्कृष्ट खेलाडीमा पशुपति माविकी विन्दु चौधरी पनि पुन सम्मानमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.