कियाको सेल्टोस मिड-एसयुभी कार सार्वजनिक, सुरुवाती मूल्य ५० लाख

  २०७६ पुष ४ गते १५:४८     विकासन्युज

काठमाडौं । किया गाडीको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भारतीय प्लान्टमा उत्पादित किया मिड–एसयुभी सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । शुक्रबारदेखि नेपाली बजारमा कार बिक्री वितरणका सुरु भएको छ । नाडा अटो शोमा सार्वजनिक गरिएको सो कार २ सयभन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको हो ।

एसयुभी अन्तर्गत रहेको यो गाडीको सुरूवाती मूल्य ४९ लाख ९० हजार रूपैयाँ र अधिकतम मूल्य करिब ८० लाख रूपैयाँ रहेको कम्पनीले जनाएको छ । गाडीको ब्रेकिङ हर्स पावर क्षमता एक सय ३८ रहेको कम्पनीले जनाएको छ । म्यानुअल र अटोमेटीङ ट्रान्समिसनयुक्त गाडीमा प्रतिलिटर २०.८ किलोमिटर माइलेज क्षमता रहेको छ । १५ सय सिसीको रहेको छ ।

सेल्टोस पेट्रोल र डिजल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो गाडीमा तेस्रो संस्करण भारत स्टेज सिक्स एमिसन अन्तर्गत इन्जिन जडान गरिएको छ । गाडीमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । ग्राहकले एप्पल कारप्ले, एण्ड्रोइड अटो, मुड लाइटिङ सहितको आठ वटा बोस स्पिकर, एम्वियन्ट लाइटिङ र वायरलेस फोन चार्जिङको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

नर्मल, इको र स्पोर्ट लगायत तीनवटा ड्राइभिङ मोडयुक्त गाडी हिलो र हिउँ भएको सडकमा पनि सहजै गुड्न सक्ने कम्पनीको दाबी छ । हुण्डाईको क्रेटा, भेनु, टाटाको ह्यारियर, एमजी हेक्टर, जिप कम्पास लगायत एसयुभीसँग सेल्टसले अटो बजारमा प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.