बीमा मर्जरः नियामकले बाटो खोल्यो, कम्पनीलाई ‘हतार छैन’

  २०७६ पुष ४ गते १५:१३     नविन पाखरेल

काठमाडौं । बीमा कम्पनीहरुले मर्जरको हतार नभएको बताएका छन् । नियामक निकाय बीमा समितिले मर्जरको बाटो खुलाए पनि कम्पनीहरुले तत्काल हतार नभएको प्रतिक्रिया दिएका हुन् ।

कम्पनीलाई मर्जर र एक्वीजीसनामा अवरोध नपुगोस भनेर नै निर्देशिका जारी गरिसकेको छ । केही कम्पनीहरुले भने आन्तरिक रुपमा मर्जरको तयारी गरिरहेका छन् ।

पूँजी बृद्धिले मर्जरमा दबाब

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनै पर्ने व्यवस्था गरेको थियो । समितिले १३ माघ २०७३ मा जारी गरेको यो निर्देशन अनुसार कम्पनीहरुले असार मसान्त २०७५ मा तोकिए अनुसार चुक्ता पूँजी पुर्याउनु पर्ने थियो ।

तर, समितिले दिएको पहिलो म्यादभित्रमा कम्पनीहरुले चुक्ता पूँजी वृद्धि गर्न नसकेपछि समितिले पुस मसान्त २०७५ सम्म म्याद थप गरेको थियो । थप गरिएको समयभित्र पनि पूँजी वृद्धि गर्न नसक्ने कम्पनीहरुको लागि समितिले असार मसान्त २०७५ सम्मको ग्रेस अवधि थपेको थियो ।

समितिले दिएको निर्देशन बमोजिम कम्पनीहरुले पेश गरेको पूँजी वृद्धि योजनामा हकप्रद जारी गर्ने, बोनस सेयर दिने, थप निस्कासन (एफपीओ) जारी गर्ने लगायत थियो । तर, समितिमा योजना पनि पेश गर्ने र तोकिएको समयभित्रमा पूँजी वृद्धि गर्न नसक्ने ७ कम्पनीलाई समितिले स्पष्टीकरण सोधेको थियो ।

नपुर्याउनेहरू चटाराेमा 

सरकारी लगानीसमेत रहेकाे राष्ट्रिय बीमा कम्पनीले पनि समितिले ताेकेअनुसारकाे न्यूनतम चुक्ता पूँजी पुर्याएकाे छैन। तर ताेकेअनुसारकाे पूँजी पुर्याउने अन्तिम तयारीमा कम्पनी छ ।

कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्यले पूँजी वृद्धिकाे काम हुन लागेकाे बताए । अहिले कम्पनीकाे लेखा परीक्षण भइरहेकाेले साे काम सकिनेबितीकै पूँजी वृद्धिकाे याेजना अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.