विज्ञापन संघको प्रदेश संयोजकमा शोभा

  २०७६ पुष ४ गते ११:१०     विकासन्युज

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को गण्डकी प्रदेश संयोजकमा शोभा गौतम चयन भएकी छन् । विहीबार पोखरामा एक कार्यक्रमका बीच संघको कार्यसमितिको निर्णय अनुसार गौतमलाई सो पदमा नियुक्त गरिएको हो ।

संघका अध्यक्ष रविन्द्र कुमार रिजालले विज्ञापन संघ गण्डकी प्रदेश संयोजकको रूपमा घोषणा गरेका हुन् । विज्ञापनका नीति र नियमलाई विस्तृत कार्यान्वयनका निम्ति आनले प्रदेश संरचनालाई अगाडि बढाएको संघका अध्यक्ष रिजालले जानकारी दिए ।

नव नियुक्त प्रदेश संयोजक गौतम पोखरा स्थिति सफल एड्भटाइजिङ्गकी प्रवन्ध निर्देशक हुन् । उनी विगत ५ वर्षदेखि विज्ञापन, संचार र इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा कार्यरत छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.