गुगल बिजनेस ग्रुपद्वारा ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ को आयोजना हुँदै

  २०७६ पुष ४ गते १०:५९     विकासन्युज

काठमाडौं । गुगल बिजनेस ग्रुपले  स्टार्टअप प्रदर्शनी  ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । जावलाखेलस्थित डिएभी स्कुल परिसरमा शनिबार जिबिजि बिजफेस्ट प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धि प्रदर्शनी हुने भएकाे हाे ।

नेपालमा क्लाउड कम्प्युटिङ सम्बन्धि काम गर्ने कम्पनी जेनेस सफ्टवेयर सोलुसन सँगको मुख्य सहकार्यमा गर्न लागिएको यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमीहरु र स्टार्टअप संस्थापकहरूलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रबर्धन गर्ने रहेको छ ।

साथै, बिजस्टार्ट नाम दिइएको विशेष वर्कशप कार्यशालामा नेपालका स्टार्टअप संस्थापकहरूले विशेषज्ञहरू मार्फत आफ्नो व्यवसायमा उपयोगी हुने गुगलका विभिन्न व्यापार प्रविधिहरु सिक्ने र उक्त प्रविधि प्रयोग गरेर आफ्नोे व्यवसाय विस्तार गर्ने अवसर पाउने छन् ।

कार्यक्रमको अवधारणा बारेमा बोल्दै गुगल बिजनेस ग्रुपका प्रवन्धक अमित अग्रवालले कार्यक्रमका सहभागिहरुले गुगलका नयाँ टुल र आइडिया पनि सिक्ने अवसर पाउने र व्यापार प्रवर्धन र विस्तार गर्न सक्ने बताए।

मेलामा देशभरका दुई सयभन्दा बढी स्टार्टअपहरूले आफ्नो उत्पादन र सेवाहरुको प्रदर्शन गर्ने अपेक्षा आयोजकको रहेको छ । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक दस हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।

साथै, प्रदर्शनीमा ’गुगल माई बिजनेस’ लक्षित एउटा विशेष स्टल रहने छ । प्रदर्शनीमा सहभागि स्टार्टअपहरूले उक्त स्टल मार्फत आफूलाई गुगलको व्यापार निर्देशिका (गुगल बिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गर्न सक्नेछन् । उक्त निर्देशिकामा सुचिकृत भए पश्चात ग्राहकहरूले व्यवसाय र त्यसको विवरणहरू पत्ता लगाउन सक्नेछन् । यसका साथै उक्त व्यवसायहरु गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखा पर्ने सम्भावना बढ्नेछ । मेलामा सहभागी स्टार्टअपहरुका लागि स्टल बुकिङ निःशुल्क गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.