यस्ता विशेषताले जितायो ‘हिरो एक्सपल्स २००’लाई मोटरसाइकल अफ दि इयरको अवार्ड

  २०७६ पुष ३ गते १९:१२     विकासन्युज

काठमाडाैं । हिरो एक्सपल्स २०० लाई सन् २०२० को ‘आईएमओटिवाई’ अर्थात् इण्डियन मोटरसाइकल अफ दि इयर अवार्डबाट सम्मानित गरिएको छ । भारतीय मोटरसाइकल अवार्डहरुको अस्कर मानिने यो अवार्ड वर्षकै सर्वाधिक चर्चित मोटरसाइकललाई दिइने गरिन्छ । भारतीय बजारलाई सुहाउँदो, राम्रो पर्फमेन्स भएको, आरामदायक, राम्रो माइलेज प्रदान गर्ने लगायतका विशेषताहरु समावेश भएको बाइकले मात्र यो अवार्ड पाउने गर्दछ ।

यस अवार्डका लागि जुरी मेम्वरका रुपमा चर्चित अटो म्यागेजिनहरु तथा अनलाइन पोर्टलहरुका वरिष्ठ मोटरसाइकल पत्रकारहरु चयन गरिएको थियो । उनीहरुले यस वर्षको अवार्डका लागि सुचिकृत बेनेली इम्पेरियल ४००, हिरो एक्स्ट्रीम २००एस, एक्सपल्स २००, होण्डा सिबि ३००आर, जावा, केटिएम १२५ ड्युक, सुजुकी जिक्सर २५० र यामाहा एमटि-१५ मध्येबाट भोटिङ गरी एक्सपल्स २०० लाई विजेता घोषित गरेका हुन् ।

यस्तो छ एक्सपल्स २००

हिरो एक्सपल्स २०० एउटा अफरोड मोटरसाइकल हो जसलाईलामो दुरीको यात्रा गर्न रुचाउने युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको हो । हाई माउण्टेड मडगार्ड, अफरोडिङ्ग नव्वी टायर्स, इञ्जिन गार्ड, विण्ड शिल्ड, माथि रहेको एक्जस्ट पाइप, नकल गार्ड, ठूलो ग्राउण्ड क्लियरेन्स, अगाडि २१ इञ्चको र पछाडि भने १८ इञ्चको स्पोक व्हिल्स लगायतको विशेषताले यस बाइकलाई एउटा उत्कृष्ट अफरोडिङ्ग मेशिन बनाएको छ ।

यस बाइकमा २०० सीसीको सिङ्गल सिलिण्डर, २ भल्भ, एयर कुल्ड इञ्जिन समावेश गरिएको छ जसले १८.४ पीएसको पावर र १७.९ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी ५-स्पिड गियरबक्स रहेको यस बाइकको दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ भने सेफ्टी फिचरको रुपमा चाहिँ सिङ्गल-च्यानल एबीएस समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.