एनआईसी एशियाकाे चमत्कारिक योजना अन्तर्गत बुद्धिरामले पाए १५ लाख रूपैयाँ

  २०७६ पुष २ गते १३:२८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले चमत्कारिक बचत खाता योजना अन्तर्गत अर्घाखाँचीका बुद्धिराम भुसाललाई १५ लाख रूपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई १५ लाख बीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले भुसाललाई बीमा रकम बापतको सो चेक हस्तान्तरण गरेको हो ।

चमत्कारिक बचत (डाइमण्ड) खातावाल बुद्धिराम भुसालूलाई क्यान्सर रोग लागेको र उक्त खाता अन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावाललाई रोग पहिचान हुने बित्तिकै प्रदान उक्त रकम प्रदान गरिन्छ ।

बीमा वापतको १५ लाखको चेक निज खातावालका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक समारोहका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेका हुन् ।

बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.