ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

  २०७६ पुष २ गते १०:२६     विकासन्युज

काठमाडौं । पछिल्लो समय विश्व बजारमा प्रविधिको पहुँच दैनिक बढ्दै गएको छ । प्रविधि भन्ने बित्तिकै हामी विज्ञानका सुक्ष्मदेखि बृहत किसिमका आविष्कार सम्झी हाल्छौं । विगत देखि हालसम्म विज्ञानको आविष्कारमा महत्वपूर्ण हिस्सा कम्प्युटर तथा ल्यापटपले ओगट्दै आएको छ ।

नविनतम प्रविधिमध्ये कम्प्युटर तथा ल्यापटप घर, कार्यालय, अस्पताल, शिक्षण संस्था हरेक क्षेत्रमा प्रयोग हुँदै आएको पाइन्छ । तर, हालसम्म पनि कस्तो किसिमको र कुन ब्राण्डको कम्प्युटर किन्ने भन्ने विषयमा ग्राहकहरूलाई छनोट गर्न त्यति सजिलो छैन । कम्प्युटर अत्यावश्यक र अत्याधुनिक प्रविधि हो । यद्यपि यो खरिद गर्नको लागि भने केही आधारहरू चाहिन्छ । सामान्यतया कम्प्युटर किन्न जाने मान्छेले आफूले कस्तो कम्प्यूटर रोज्ने भन्ने विषयमा केही अनुसन्धान त पक्कै गर्छन् ।

पछिल्लो समय नाम चलेका ब्राण्डमा ल्यापटप तथा कम्प्युटरहरूमा ग्राहकको ध्यान तानिएको हुन्छ । यति हुँदा हुँदै पनि ग्राहकले यस विषयमा ध्यान पुर्याउन सकिरहेका हुँदैनन् । ल्यापटप किन्दा ग्राहकहरूले केही कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ ।  ग्राहकहरूले ¥याम, हाडडिक्स, ग्राफिक्सको बारेमा जान्न आवश्यक हुन्छ । यस्तै, प्रोसेसर स्किन साइज व्याट्रीको अवस्थाको बारेमा जानकारी हासिल गर्न जरुरी हुन्छ ।

कसरी पहिचान गर्ने राम्रो कम्प्युटर ?

पहिला उइन्डोजको आइकनमा रन लेखेर ओपन गर्ने ।

डिएक्सडीआईएजी टाइप गर्ने ।

रनमा गएर एमएस इनफो थर्टी टु टाइप गर्ने र कम्प्युटरको अवस्थाको बारेमा जानकारी लिने ।

केही महत्वपूर्ण टिप्सहरु

प्रोसेसर सकेसम्म नयाँ जेनेरेसनको लिनु पर्छ । ¥याम कम्तीमा पनि ४ जीवीको हुनुपर्छ । साथै, ८ जिबी ¥याम भएको कम्प्युटरको स्पिड राम्रो मानिन्छ । अहिलेको प्रविधि युक्त युगमा हार्ड डिक्स लिँदा एसएसडी दिनु राम्रो हुन्छ । एचडीडी हार्ड डिक्स पुरानो भएपनि नेपालमा अझै बिक्री भइरहेको पाइन्छ । नयाँ हार्ड डिक्स लिन ग्राहक आफै सचेत हुन आवश्यक हुन्छ ।

२ जिबी ग्राफिक्स भएमा राम्रो मानिन्छ । ल्यापटपको स्किन ठूलो छ भने त्यसालाई राम्रो मानिदैन । नेपालमा १५.६ को स्किन चल्तीमा छ भने १४ स्ट्याण्डर्डलाई सुरक्षित मान्न सकिन्छ । कम्प्युटर र इन्टरनेट एक अर्काका अभिन्न अंग जस्तै भएका छन् । नेपाल दूर सञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार अहिले नेपालमा इन्टरनेट प्रयोगकर्ता ६७ प्रतिशत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.