हुण्डाइको नयाँ उत्पादन ‘औरा’ को स्केच सार्वजनिक, यस्ता हुनेछन् विशेषता

  २०७६ पुष १ गते १९:२०     विकासन्युज

काठमाडाैं । कोरियन कार उत्पादक कम्पनी हुण्डाईले केहि समय पछि बजारमा सार्वजनिक गर्न लागेको आफ्नो नयाँ उत्पादन ‘औरा’ को स्केचलाई सार्वजनिक गरेको छ । कम्प्याक्ट सेडान बडि टाइपमा निर्माण भएको उक्त कार ग्य्राण्ड आइ१० निओस ह्याचब्याकमा आधारित हुनेछ ।

यस कारको अगाडिको ग्रिल र बम्परको डिजाइन ग्य्राण्ड आइ१० निओसको जस्तै हुनेछ भने डिआरएलहरु चाहिँ बुमर्याङ्ग आकारका हुनेछन्। त्यसैगरी फगल्याम्प चाहिँ त्रिभुज आकारको हुनेछ भने कारको दुवै साइडमा नयाँ किसिमको अलोए व्हिल जडान गरिनेछ ।

कारको इन्टेरियरमा चाहिँ ८.०इञ्च टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, स्टेयरिङ्ग माउण्टेड अडियो कन्ट्रोल्स र लेदर अपहोल्स्टेरी लगायतका विशेषता समावेश हुनेछन् ।

इञ्जिनतर्फ भने औरा १.२ लिटर पेट्रोल इञ्जिन, १.० लिटर पेट्रोल इञ्जिन र १.२ लिटर डिजेल इञ्जिन अप्सनहरुका साथ उपलब्ध हुनेछ । कम्पनीले जनाएअनुसार सवै इञ्जिनहरुमा ५-स्पिड म्यानुअल गियरबक्स जडान गरिएको हुनेछ र १.२ लिटर पेट्रोल तथा १.२ लिटर डिजेल इञ्जिनमा चाहिँ अटोमेटिक गियरबक्सको अप्सन पनि उपलब्ध हुनेछ ।

सार्वजनिक भएपश्चात सो कारले मारुती सुजुकी डिजायर, टाटा टिगोर, फोर्ड एस्पायर, भक्सवागन अमिओ र होण्डा अमेज जस्ता कारहरुसँग प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.