अजोड इन्स्योरेन्सद्वारा निर्जीवन बीमा अभिकर्ता तालिम सम्पत्र

  २०७६ पुष १ गते १५:५७     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड इटहरी शाखाले आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिममा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै, अजोड इन्स्योरेन्सका मुख्य प्रबन्धक डोरिन्द्र दाहालले आधारभुत निर्जीवन बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेवारीको विषयमा प्रष्ट पारे ।

तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स का प्रदेश नं. १ का प्रमुख केदार बहादुर खत्रीले गरेका थिए । साथै सहजीकरणको कार्य इटहरी शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.