एसइई परीक्षा चैत ६ गतेबाट

  २०७६ पुष १ गते ११:५५     विकासन्युज

काठमाडौं। २०७६ सालको एसईईको परिक्षा चैत ६ गते हुने भएको छ। राष्ट्रिय परिक्षा बोर्डले एसईईको परिक्षा चैत ६ हुने भन्ने सोमबार निर्णय गरेको हो।

बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक समेत सबैको सोही चैत ६ गतेबाट १७ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको हो।

पहिलो दिन चैत ६ गते अनिवार्य अंग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली, तेस्रो दिन अनिवार्य गणित, चौथो दिन अनिवार्य विज्ञान र पाचौं दिन अनिवार्य सामाजिक अध्ययनको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

परिक्षा बिहान ८ बजे देखी ११ बजे सम्म हुने बोर्डले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.