“होण्डा व्हिल अफ फर्चुन ३” का विजेताहरु घोषित, १० जनाले पाए लाखाैंका नगद उपहार

  २०७६ पुष १ गते ११:३७     विकासन्युज

काठमाडौं ।  स्याकार ट्रेडिङ्ग कम्पनीले  दशैं तथा तिहार स्किम “होण्डा व्हिल अफ फर्चुन ३” का विजेताहरु घोषणा गरेको छ । सोमबार सम्पन्न एक इभेन्टमा लक्की ड्र मार्फत चुनिएका १० जना भाग्यशाली विजेताहरुले व्हिल अफ फर्चुन लाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् ।

बम्परमा सोही लक्की ड्र अन्तर्गत इभेन्टमा सहभागी भई व्हिल अफ फर्चुनलाई घुमाएर सालिक राम अधिकारीले रु. ४ लाख, आयुष महर्जनले रु. ३ लाख, गंगा गुरुङले २ लाख, त्यसैगरी सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर, र बाबुराम सुनारले रु. १ लाख नगद पुरस्कार जितेका थिए ।

यसका साथै, मोरङका तोयानाथ गौतम र धनगडीका जयेन्द्र खड्काले कल एण्ड वीन कन्टेस्ट अन्तर्गत निःशुल्क थाईल्याण्ड भ्रमण जितेका छन् । होण्डा कार अन्तर्गत महेन्द्र श्रेष्ठ ,ऋषि पाण्डे ,कृष्णमुरारी पुडासैनी ,मेघा मेटल क्राफ्ट, तथा भरत श्रेष्ठ सहित ५ भाग्यशाली विजेताले लक्की ड्र मार्फत निःशुल्क दुबई भ्रमण जितेका छन् ।

सन् १९७६ मा स्याकार कम्पनी लिमिटेडको रुपमा स्थापित यस कम्पनीमा ््््होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.