‘हिमालय रोडिज सिजन ३’ फेरि शुरु

  २०७६ पुष १ गते ११:२२     विकासन्युज

काठमाडौं । हिमालय रोडिज सिजन ३– ब्लड, स्वुएट एण्ड टियर्सले पुनः फर्कने तयारीमा रहेको छ । मंसिर ३० गतेदेखि हरेक सोमबार राति ८ बजे हिमालय टिभि एचडिमा प्रसारण हुँदैछ ।

भारतीय फ्रेन्चाइज शो एमटिभि रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपाली युवाहरुमाझ अत्यन्त लोकप्रिय रहेको र उनीहरुले प्रतिक्षा गरेको टिभि शो हो । भोट, भित्रिने र बाहिरिने, खेल बदलिदिने मोड, सहभागीहरुबीचको घम्साघम्सी, साहसिक, उत्तेजना आदिका साथ शोले पक्कै पनि दर्शकहरुलाई आफ्नो सीटमा बाँधिएर बस्न बाध्य गराउनेछ ।

यो सम्पूर्ण नयाँ सिजनको संचालन रेमण्ड दास श्रेष्ठले गर्ने भएका छन् । उनको साथमा दीया मास्के, आशिष राना “उर्फ लाहुरे“ जोडिनेछन् भनें नयाँ ग्याङ लिडरहरु अनुप विक्रम शाही र सिजन १ का विजेता समन श्रेष्ठले पनि यो सिजनमा उपस्थिति जनाउने भएका छन् । यसले रोडि उपाधि नगद पुरस्कारका साथमा युवाहरुले आफूलाई निर्भयपूर्वक प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्दछ ।“ हिमालय रोडिज ३ का निर्देशक श्री अमन अधिकारीले भने ।

सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिज सवार गरेर हासिल गरेको थियो । यो सिजन ३ मा पनि निरन्तर रहनेछ । यामाहा एफ जेड सिरिजले रोडिजहरुलाई रोमाञ्चक कार्यमा सहयोग पु¥याउनेछ जसलाई उनीहरुले पार गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.