३५० सीसीकाे रोयल इनफिल्ड क्लासिक नेपाली बजारमा , मूल्य ६ लाख रूपैयाँ

  २०७६ मंसिर ३० गते १३:१९     विकासन्युज

काठमाडौं । नेपालका लागि आधिकारीक बिक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको मोडल क्लासिक ३५० सी.सी.ड्युअल च्यानल एबिएस सहितको बिएस आइभि नेपाली बजारमा सार्वजनिक गरेको छ ।

विवेक अटोमोबाइल्सले आफ्ना १९वटा शाखा एवं डिलहरु मार्फत रोयल इनफिल्डको मोडल क्लासिक ३५० सी.सी. विक्री वितरण शुरु गरेको छ । रोयल इनफिल्ड दोस्रो विश्वयुद्ध पश्चातको व्रिटिस मोटर साईकलहरुको स्मरण गराउँदछ ।

रोयल इनफिल्ड क्लासिक ३५० सी सी इन्जिन,फ्युल इन्डिकेटर, हेडलाइट केसिङ,फ्युल ट्याङक, ड्युअल डिक्स ब्रेक, ओभल टुल बक्स, एक्सहस्ट फिन्स, स्पिड मिटर डायल,सिङगल सिट स्प्रिङ, सेडल टेल लाइट एसेम्बली र हेडलाइट क्यापमा देख्न सकिन्छ । हाल थपिएको ड्युअल च्यानल एबिएस का कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भेैरहेको रोयल इनफिल्ड अब झन सुरक्षित हुनेमा कम्पनी विश्वस्त छ ।

रोयल इनफिल्ड क्लासिक–३५० सीसी ड्युअल च्यानल एबिएस सहितको बिएसलाई केही समय सम्मका लागि मात्र रु. ६ लाखमा उपलब्ध गराईएको छ । रोयल इनफिल्ड क्लासिकड्युअल च्यानल एबिएस सहितकोे बिएस आइभिको १९वटै शाखा तथा डिलहरुबाट बिक्री भइरहेको पि.आर.हेड बिमला थापाले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.