चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन

  २०७६ मंसिर ३० गते १२:३०     विकासन्युज

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ ।

५२ वर्षका भट्टराई वैवाहिक कार्यक्रमबाट निवास फर्कदै गर्दा बाटोमा बेहोस भएका थिए । उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो ।

उनको अहिले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा शव परीक्षण भइरहेको बोर्डका सदस्य नरेन्द्र महर्जनले जानकारी दिएका छन् ।

भट्टराई चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए । उनका श्रीमती र एक छोरा रहेका छन् । उनको आजै अन्त्येष्टि गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.