सीता एयरलाइन्सद्वारा भद्रपुर–ताप्लेजुङ सीधा उडान आजदेखि शुरू

  २०७६ मंसिर ३० गते १२:१९     विकासन्युज

भद्रपुर । निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न शुरु गरेको छ । आजदेखि सो स्थानमा उडान शुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको छ ।
भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न शुरु गरेको छ । आजदेखि सो स्थानमा उडान शुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको छ ।

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान शुरु गरेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुँडालले जानकारी दिएका छन् । उनले ती क्षेत्रका उडानले भ्रमण वर्ष सन् २०२०लाई सफल बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार १८ सिट रहेको विमानले ताप्लेजुङ सुकुटारसम्म १४ र लुक्लामा १२ जना मात्र बोक्नेछ । हरेक दिन बिहान ७ बजेबाट भद्रपुरबाट उड्ने विमानलाई लुक्ला विमानस्थल पुग्न आधा घण्टा लाग्ने छ । यात्रुको रुचिअनुसार भद्रपुरदेखि लुक्का हुँदै एक घण्टा १० मिनेटको समयमा काठमाडौँसम्म पुग्ने व्यवस्थासमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.