पर्यटन विकासमा सरकारका आठ लक्ष्य, जीडीपीमा उल्लेख्य सुधार हुने संकेत

  २०७६ मंसिर ३० गते ९:४०     सन्ताेष राेकाया

काठमाडौं । यतिखेर नेपाल भ्रमण वर्ष २०२० को चर्चा परिचर्चा छ । सरकार र पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरु भ्रमण वर्षको तयारीमा जुटेका छन् । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटकहरु भित्र्याउनका लागि सरकारले विभिन्न गृहकार्य पनि गरिरहेको छ ।

पर्यटकीय दृष्ट्रिकोणले धेरै सम्भावना भएको नेपालमा पर्यटकीय स्थलहरु अनुसार पर्यटकको आगमन नहुँदा सरकारले विभिन्न समयमा भ्रमण वर्ष घोषणा गर्ने गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन र नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि सरकारले विभिन्न योजना तथा लक्ष्यहरु लिएको  छ । राष्ट्रिय योजना आयोगले पर्यटन विकासका लागि विभिन्न लक्ष्यहरु लिएको छ ।

सरकारले १५ औं आद्यवधिक योजनामा पञ्चवर्षीय लक्ष्यहरुमा पर्यटनलाई पनि महत्वपूर्ण क्षेत्रका रुपमा समेट्दै आठ महत्वपूर्ण लक्ष्य लिएको छ । सरकारले पर्यटक आगामी पाँच वर्षभित्र प्रत्येक पर्यटकको दैनिक  खर्च बढाएर एक सय डलर पुर्याउने, पर्यटकले कम्तिमा १५ दिन नेपालमा बस्ने खालको वातावरण सिर्जना गर्ने, पर्यटकमा रोजगारहरु बढाएर ६ लाख सम्म पुर्याउने, कुल ग्रार्हस्थ उत्पादनमा पर्यटनको योगदान १० प्रतिशत गर्ने लक्ष्यहरु रहेका छन् ।

यस्तै डोमेस्टिक एयरलाइन्सहरुको संख्या बढाएर ३० वटा बनाउने, अन्तर्राष्ट्रिय जहाजहरु बढाएर ३५ सम्म पुर्याउने र पाँच वर्षको अवधिमा विदेशी पर्यटकहरु बढाएर ३५ लाखसम्म पुर्याउने लक्ष्य लिएको राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फयालले बताए ।

राष्ट्रिय योजना आयोगका अनुसार प्रत्येक पर्यटकले दैनिक ५४ रुपैयाँ डलर खर्च गर्दै आएका छन् भने पर्यटकले कम्तिमा १२/१३ दिन नेपालमा बस्दै आएका छन् । यस्तै हाल नेपालमा ५ लाखले पर्यटनमा रोजगार पाएका छन् । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा पर्यटनले ४/०१ प्रतिशत योगदान गरेको छ । हाल नेपालमा २० वटा डोमेस्टिक एयरलाइन्स रहेका छन् भने २६ वटा अन्तर्राष्ट्रिय एियरलाइन्स कम्पनीले नेपालमा हवाई सेवा दिँदै आएका छन् ।

चालू आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान साढे २७ प्रतिशत कृषि क्षेत्रको योगदान २७ दशमलव ५९ प्रतिशत रहने भएको हो । अनुसार निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको योगदान ८ दशमलव १० प्रतिशत रहने छ । विभागका अनुसार कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५७ दशलमव ८१ प्रतिशत रहने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.