गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने उद्योग बढ्दै, २२ उद्याेगमा सिलबन्दी

  २०७६ मंसिर २९ गते १९:५१     विकासन्युज

काठमाडाैं । पछिल्लो गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने उद्योगहरु बढ्दै गएका छन् । आइतबार खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले सार्वजनिक गरेको तथ्याकं अनसार गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने उद्योग बढ्दै गएको देखिएको हो ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आबको पहिलो चौमासमा गुणस्तरहीन उत्पादन गर्ने यस्ता कम्पनीमा छापा मारी सिल गरिएकाे छ ।

विभागले २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई गुणस्तरहीन उत्पादन गर्दै उपभोक्ताको हीत विपरित काम गरेको भन्दै उत्पादनमा रोक लगाएको । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २२ वटा उद्योग एवं खाद्य व्यवसायीलाई गुणस्तरहीन उत्पादन गर्दै उपभोक्ताको हीत विपरित काम गरेको भन्दै उत्पादनमा रोक लगाएको विभागकी महानिर्देशक डा.मतिना जोशीले बताइन् ।

उनले विषादयुक्त खाद्य सामाग्रीलाई न्यूनिकरण गर्न विभाग लागि परेको बताईन । पछिल्लो समयमा निर्यातमा समस्यादेखिए सँगै त्यसका बारे गम्भिर भई छिमेकी मुलुकसँग सहकार्य गरेर अगाडि बढ्ने उनले बताइन् ।  विभागमा विभागको गैर कानुनी ढंगबाट उत्पादन तथा वितरण भएको खाद्यन्नको मुद्दा प्रक्रियालाई जिल्ला कार्यलयको मातहतमा रहेर फैसला गर्ने र अयोग्य खाद्यन्न न्यूनिकरणका लागि विभाग लागि परको बताइन् ।

विभाग तथा मातहतका कार्यालयहरुबाट बजार निरीक्षण तथा अनुगमनका क्रममा ९ सय २५ नमूना संकलन गरेको विभागले जनाएको छ । जसअन्तर्गत ४ सय ६४ वटा नमूनाहरुको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ६१ नमूनाहरु मापदण्ड विपरीत रहेको पाइएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.