एनआईसी एशिया बैंकको दुई नयाँ शाखा काठमाडौं र ललितपुरमा

  २०७६ मंसिर २९ गते १९:१९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको मंगलबजार र काठमाडौंको दरबारमार्गमा गरी दुई शाखा आइतबार(मंसिर २९ गतेबाट) सञ्चालनमा ल्याएको हो ।

मंगलबजार शाखाकोे उद्घाटन सोही वडाका वडा अध्यक्ष नारायण लाल अवाले र दरबारमार्ग शाखाकोे उद्घाटन एनआईसी एशिया बैंकका उप-प्रादेशिक कार्यालय काठमाडौंका प्रमुख तेज राज तिमिल्सिनाले गरेका छन् ।

यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाडौं क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले ३११ शाखा कार्यालयहरु, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.