सनराइज बैंकको १२७औं शाखा टिमुरेमा

  २०७६ मंसिर २९ गते १९:०१     विकासन्युज

काठमाडौं । सनराइज बैंकले रसुवा स्थित टिमुरेमा १२७औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन भन्सार कार्यालयको प्रमुख पुन्यबिक्रम खड्का र बैंकको प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा गरेका छन् ।

कार्यक्रममा गोसाईकुण्ड गाउँपालिका वडा २ को वडा अध्यक्ष दावादोर्जे तामाङ्गले एटीएमको उद्घाटन गरेका छन् । उतm कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

हाल बैंकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७वटा एटीएम मार्फत बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.