नेशनल माइक्रोफाइनान्सको ८० प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद पारित

  २०७६ मंसिर २९ गते १८:२४     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रस्तावित ८० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौं वार्षिक साधारणसभाले ७५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश पारित गरेको हो ।

सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट सो मात्राको लाभांश पाउने भएका छन् । साथै सभाले बोनस शेयर जारी पश्चात कायम हुन आउने जारी चुक्ता पुँजीको ५० प्रतिशतअर्थात २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

संस्थाले हाल ४३ वटा जिल्लामा ६५ वटा शाखाकार्यालय मार्फत ८२ हजार भन्दा बढि विपन्न परिवारलाई सेवा पुरयाईरहेको छ । यस्तै यस अवधीमा संस्थाले ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने ग्राहक सदस्यहरुबाट कुल बचत १ अर्ब ४४ करोड रुपैयाँ संकलन गर्न सफल भएको संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए ।

संस्थाले अबको दिनमा विशेष गरि क्रेडिट प्लस एक्टिभिटिजमा फोकस गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना बनाएको छ ।

केन्द्रीय कार्यालय धादिङ्गको धादिङ्गवेशीमा रहेको राष्ट्रिय स्तरको यस संस्थाको उक्त साधारणसभा धादिङ्गको धादिङ्गवेशी स्थित धादिङ्ग क्रिक रिसोर्टमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.