युनाईटेड हेभी ईक्युपमेन्टसको आधिकारिक लोकार्पण सम्पन्न

  २०७६ मंसिर २९ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपालको ख्यातिप्राप्त व्यापारिक उद्योग भोईथ अन्तर्गतको कम्पनी युनाईटेड हेभी ईक्युपमेन्टस् एयाण्ड अर्थमुभर्स (यूहिम्)को आधिकारिक लोकार्पण सम्पन्न भएको छ । आइतबार धुम्बाराहीस्थित हेडक्वार्टस् रहेको यस कम्पनीको लोकार्पण कार्यक्रम हायात रिजेन्सीमा संचालन गरिएको थियो ।

सन् २०१८ देखि नेपालको निर्माण क्षेत्रमा आधुनिक मसिनरीहरु भित्र्याई निर्माण कार्यहरु सहज र सुलभ बनाउँदै आएको युहिमले विश्वविख्यात निर्माण कम्पनीहरु जस्तै सन्वार्ड, सिनोम्याक र नियोसेनका निर्माण उपकरणहरुः एक्सकाभेटर, ग्रेडर र ब्रेकर आयात गर्दै आएको छ । यूहिमले आयात गर्ने सनवार्ड र सिनोम्याक कम्पनीका उपकरणहरुमा जापान, जर्मनी, साउथ कोरियामा उत्पादन भएको अन्तर्राष्ट्रिय स्तरको इन्जिन र स्पेयर पार्टस्हरुको प्रयोग हुन्छ जुन ह्युण्डाई, कोमात्सु जस्ता कम्पनीहरुमा समेत हुने गर्दछ । नेपाली समुदायको मानसपटलमा चाईनिज उपकरणहरु कमसल हुने धारणालाई अनुचित तथा गलत साबित गर्दै अन्तर्राष्ट्रिय स्तरका उपकरणहरुको उत्पादन गर्दै सदैव ग्राहकवर्गको विश्वास जित्न तत्पर रहि आएको छ ।

क्याटरपिल्लर, कोमात्सु, कोबेल्कोजस्ता प्रतिष्ठित कम्पनीहरुको एकमात्रप्रतिस्पर्धी कम्पनी रहेको यूहिमले निर्माण उपकरणहरुको गुणस्तर, प्रविधि र विश्वसनीयतामा कहिल्यै सम्झौता गर्ने गरेको छैन । ए क्लास, बी क्लास कन्ट्र्याक्टर, विदेशी कन्ट्र्याक्टरहरुका साथै हाईड्रोपावरहरुका लागि लक्षित गरिएका यी निर्माण उपकरणहरु धादिङ, बुटवल, कपिलवस्तु, सिन्धुली, काभ्रे, रामेछाप, सोलुखुम्बु, चितवन, हेटौँडा, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, आदि साईटहरुमा सफलतापूर्वक संचालन हुँदै आएको छ ।

यूहिमले धुम्बाराहीस्थित हेडक्वाटरमा खरीदपछिको सर्भिस, पार्टस्हरु सहजताका साथ उपलब्ध गराउनुका साथसाथै ग्राहकका लागि अन्य सेवाग्राहीको व्यवस्था र भैरहवामा पनि ब्रान्च कम्पनीको विस्तार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.