चार महिनामा भित्रियो २७ अर्बको कृषिजन्य उत्पादन, गत वर्षकाेभन्दा ३ अर्बले कम

  २०७६ मंसिर २९ गते १६:२८     सुनिता पुडासैनी

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासमा २७ अर्बको कृषिजन्य उत्पादन भित्रिएको छ । कृषि तथा पशुपन्क्षी मन्त्रालयका अनुसार चालु आवको पहिलो चौमासिकमा २७ अर्ब ५३ करोड ५७ लाख को कृषिजन्य उत्पादन नेपाल भित्रिएको हो । गत वर्षको पहिलो चौमासिक भन्दा यो वर्ष ३ अर्ब एक करोड ९४ लाख रुपैयाँको कृषिजन्य उत्पादन कम आयात भएको छ ।

गत वर्षको पहिलो चौमासिकमा करिब ३० अर्ब ५५ करोड ५ लाखको सामान नेपाल भित्रिएको थियो । गत वर्षको पहिलो चौमासमा ८ लाख १५ हजार मेट्रिक टन नेपाल भित्रिएको कृषिजन्य उत्पादन यस वर्ष भने ५ लाख ८२ हजार मेट्रिक टनमात्र भित्रिएको हो ।  यस वर्षको पहिलो चौमासमा ६ अर्ब ३० करोड ५६ लाखको नेपालकाे मुख्यबाली चामल  भित्रिएको छ । यो गतवर्षको तुलनामा ३ अर्ब ७ करोड ५१ लाखले कम हो । गत वर्ष ९ अर्ब ३८ कराेड रुपैयाँकाे चामल आयात भएकाे मन्त्रालयले जानकारी  दिएकाे छ ।

त्यस्तै अन्य कृषिजन्य मुख्य बालीमा ३ अर्ब ८१ करोड ७३ लाख रुपैयाँको १ लाख ८ हजार २०८ मेट्रिक टन मकै आयात भएको छ भने गत वर्ष १ लाख ३३ हजार ७७८ मेट्रिक टन मकै आयात भएको थियो ।  गत वर्ष गहुँ ६८ हजार ६ सय ८४ मेट्रिक टन आयात भएको थियो भने यसवर्षको पहिलो चौमासिकमा ४८ करोड २६ लाख ९५ हजार रुपैयाँको १४ हजार ५३४ मेट्रिक टन नेपाल भित्रिएको छ । यस्तै यस वर्षको चार महिनामा मात्र ३ अर्ब ८३ करोड ९७ रुपैयाँको एक लाख ५६ हजार ७५७ मेट्रिक टन आलु आयात भएको छ । गतवर्षको यो अवधिमा एक लाख ४५ हजार ९१७ मेट्रिक टन आलु नेपाल भित्रिएको थियो ।

यस वर्ष ६ अर्ब ३० करोड ५६ लाख रुपैयाँको १ लाख ४२ हजार ९७४ मेट्रिक टन चामल नेपाल भित्रिएको छ भने ९ अर्ब ३८ करोड ७ लाख रुपैयाँको २ लाख २१ हजार ६२१ मेट्रिक टन स्वदेश भित्रिएको छ । नेपालमा पछिल्लो समय प्याजको अभाव तथा मूल्यवृद्धि भएसँगै पहिलो चौमासिकमा १ अर्ब ५८ करोड ७७ लाख रुपैयाँको दुई हजार २५३ मेट्रिक टन प्याज आयात भएको छ । गत वर्ष ५३ हजार १३५ मेट्रिक टन प्याज नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै भन्सारमा तेलको आयात बढ्दो छ । यो चार महिनाको अवधिमा तेलमात्रै ६० हजार २०७ मेट्रिक टन आएको छ । जसको ५ अर्ब २० करोड ९८ लाख रुपैयाँ मूल्य पर्न जान्छ । गत वर्ष भने ५३ हजार १३५ मेट्रिक टन तेल आयात भएको थियो । कृषि तथा पशुपन्क्षी मन्त्रालयकाे तथ्याकं अनुसार २ हजार २५३ मेट्रिक टन ताजा तरकारी, २ अर्ब ६१ करोड ९५ लाख रुपैयाँको ३८ हजार २७५ मेट्रिक टन स्याउ, २ अर्ब ६१ करोड ९५ लाख रुपैयाँको ३८ हजार २७५ मेट्रिक टन सुन्तला नेपाल भित्रिएको छ ।

गत वर्ष ३ करोड ३१ लाख रुपैयाँको ६ हजार ८८८ मेट्रिक टन तरकारी, ३३ हजार २०५ मेट्रिक टन स्याउ र ६८ करोड ४९ लाख रुपैयाँको ३ हजार ७३२ मेट्रिक टन सुन्तला आयात भएको थियो । पछिल्लो समय केरामा नेपाल आत्मनिर्भर बन्दै गइरहेको भनिएता पनि केराको आयात पनि घट्न सकिरहेको छैन । हाल सम्म ५४ करोड ५४ लाख रुपैयाँको १८ हजार १८३ मेट्रिक टन केरा नेपाल भित्रिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.