महालक्ष्मी विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

  २०७६ मंसिर २९ गते १४:४२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार खुला आकाशमुनी कष्टपुर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगाीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई सहयोग गरेको छ ।

परोपकारी संस्थालाई बैंकको नयाँ बजार शाखाले तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, डस्टविनका साथै विविध सरसफाइका सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

शाखाले आश्रममा एक कार्यक्रमकाे आयोजना गरी उक्त सामाग्री वितरणका साथै आश्रममा आश्रित व्यत्तिहरुका लागि शुक्रबार बिहान खानाको व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.