अन्तर्राष्ट्रिय पर्यटन तथा यातायात कार्यशाला सम्पन्न

  २०७६ मंसिर २९ गते १३:३८     विकासन्युज

काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन र चाइना हाइवे एण्ड ट्रान्सपोटेसन सोसाइटी सिएचटिएसको संयोजनमा आयोजना भएको अन्तर्राष्ट्रिय पर्यटन तथा यातायात सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न भएको छ । गत शुक्रबार नासा फाउन्डेसन तथा बेल्ट एण्ड रोड इन्टरनेशनल ट्रास्पोर्ट एलाएन्स बिआरआइटीएको आयोजनामा शुरु भएको इन्टरनेशन वर्कशप अन ट्रासपोर्ट एण्ड टुरीजम इन्टिग्रेसन आइतबार सम्पन्न भएको हाे ।

१३० भन्दा बढीको सहभागिता रहेको उक्त कार्यशालामा प्रदेश ५ का भौतिक पूर्वाधार विकास बैजनाथ चौधरी र गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मन्तब्य राखेका थिए । बेलायतका पूर्व यातायात मन्त्रि पाउल पल क्लार्क र चीन स्थित सिफा ग्रुप सियुफा समूहका कार्यकारी अधिकृत लियू यूईले कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यस्तै कार्यक्रमको दोस्रो दिनको सुरुवात संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सम्बोधन गरेका थिए । उनले नेपाल भ्रमण वर्षको तयारीका लागि सरकार लागि परेको समेत जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयालले पर्यटन तथा यातायातको आर्थिक दृष्टिकोण सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । बेलायतका पूर्व यातायात मन्त्रि पल क्लार्कले सडको दिगो विकासका शिर्षकमा र नेपाल पर्यटन बोर्डका ब्राण्डिङ्ग अफिसर जितेन्द्र भट्टराईले भिजिट २०२० चुनाैती र अवसरको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै एडभेन्चर आउटडोर एक्स्कर्सन का निर्देशक डा.कल्याणराज शर्माले नेपाल चाइना सम्बन्धमा प्रस्तुति गरेका थियो । नासा फाउन्डेसन बोर्ड सदस्य भगबती सेडाईले नेपाल भ्रमण वर्ष तथा सुरक्षित यात्रा शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालामा विआरआइको परिचय तथा अवसर र चुनौती बारे सडक विभागका ट्रान्सपोर्ट कन्सल्टेन्ट डा पदम बहादुर शाहीले प्रस्तुति गरेका थिए ।

दोस्रोदिन भारतकी रोड सेफ्टी एनजीओ ट्रयाक्सकी महसचिव रजनी गान्धीले ट्रान्सपोर्ट एण्ड टुरिजम सेफ्टी सम्बन्धि शिर्षकमा प्रस्तुति गरेकी थिइन । नासाका सचिव सन्तोष न्यौपानेले इन्टरनेशनल ड्राइभिङ्ग परमिट आइडिपि र सिडिपी नासाका उपाध्यक्ष मेघराज पौड्यालले ड्राइभ टुरिजम, अस्ट्रेलियाका इन्जिनियर निरन्जन गौली, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले नेपालमा यातायात व्यवस्थापन बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यशालामा चिनिया सरकारी तथा व्यवसायिक क्षेत्रको प्रस्तुति रहेको थियो । नेपालको केन्द्र सरकार तथा प्रदेश सरकारका उच्चअधिकारीहरु, सांसदहरु, पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायिहरु, सडक तथा यातायात विज्ञहरु, चीन, भारत, संयुक्त अधिराज्य लगायत देशका विज्ञहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.