१५ वर्षअघि हत्या गरी फरार रहेका दुई जना पक्राउ

  २०७६ मंसिर २९ गते १३:२३     विकासन्युज

१५ वर्षअघि धारिलो हतियार प्रयोग गरी हत्या गर्ने दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ५ बस्ने सन्तबहादुर तामाङ र सोही ठाउँका केशव लामालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।

जिल्लाको तारकेश्वर गाउँपालिका वडा नं. ५ बस्ने जाहेरवाला वाङ्देन लामाको १५ वर्षीय छोरा लैलु लामालाई उनीहरुले २०६१ साल बैशाख २६ गते झगडाको विषयलाई लिएर कुटपिट गरी गम्भिर घाइते बनाएका थिए । घाइतेको त्रिशुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सन्तबहादुरलाई काठमाडौको नागार्जुन न.पा.वडा नं. २ नाम्गेल चोकबाट र केशब लामालाई ढल्कुबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइ सकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.