गायक प्रेमध्वज प्रधानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड

  २०७६ मंसिर २८ गते १०:०७     विकासन्युज

काठमाडौं । रेडियो कान्तिपुरले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७६ बाट सम्मान गरेको छ । २१ औं नेसनल म्युजिक अवार्डका अवसरमा रेडियोले यो वर्ष वरिष्ठ गायक प्रधाननलाई सम्मान गरेको हो । सात दशकदेखि नेपाली सांगितिक क्षेत्रमा अनवरत रुपमा लाग्दै आएका प्रेमध्वजले आधुनिक, लोक, भजन, चलचित्र र नेपाल भाषा गरि विभिन्न विधामा सात सय भन्दा वढी गीतमा स्वर र संगित भरेका छन् ।

गायक प्रधानका धुम्तिमा नआऊ है, पर लैजाऊ फुलहरु, तारा मात्र हैन तिमीलाई, जस्ता दर्जनौ गीतहरु अहिले पनि उत्तिकै चर्चामा छन् । वरिष्ठ गायक प्रेमध्वजलाई रेडियो कान्तिपुरले १ लाख रुपैया नगद र ताम्रपत्र सहित सम्मान गरेको हो । प्रधानलाई सम्मान गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नेपाली सांगितिक क्षेत्रका नक्षत्रलाई सम्मान गर्न पाउनु रेडियो र समग्र कान्तिपुर मिडिया गु्रपकै लागि गौरव भएको बताए ।

२१ औं वार्षिक उत्सवको अवसरमा रेडियोले सांगितिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई समेत नेसनल म्युजिक अवार्डबाट सम्मान गरेको छ । वर्षभरि बजेका गीतहरु मध्येबाट उत्कृष्ट एक जनालाई अर्वाड प्रदान गरेको हो । यो वर्ष पुरुष पाश्व गायनतर्फ बनकी चरी गीतबाट रुपक डोटेल र महिला तर्फ जिन्दगीनै गीतबाट प्रविशा अधिकारी उत्कृष्ट भए । यसैगरि पप तर्फ अलि अलि गीतबाट प्रताप दास र समृद्धि राई म दामी छु गीतबाट उत्कृष्ट घोषित भए । आधुनिक गीततर्फ जिस्काँउथे गीतबाट सुमन कुमार श्रेष्ठ र सम्झनामा नआउ गीतबाट संगिता राना प्रदान उत्कृष्ट भए ।
लोक गीततर्फको अवार्ड यो वर्ष सालको पात टपरी हुनेबाट कलेन्द विश्वकर्माले जिते भने मुखैमा चिनी गीतबाट गायिका सुनिता दुलालले यो वर्ष नेसनल म्युजिक अवार्ड जितिन् ।

यो वर्षको पिपुल्स च्वाईस अवार्ड भने गलवन्दी च्यातियो गीतबाट प्रकाश सपुत र शान्ति श्री परियारले संयुक्त रुपमा प्राप्त गरे । युगलगीत तर्फ यो वर्ष कर्के नजर गीतबाट संजिव पराजुली र टीका प्रसांईले अवार्ड प्राप्त गरे । उत्कृष्ट व्याण्डको अवार्ड भने लाहुरे गीतबाट मन्त्र व्याण्डले जित्यो । उत्कृष्टि म्युजिक निर्देशकको अवार्ड कर्मा ग्याल्जेन बम्जनले बाबाको टोपी गीतबा जिते भने उत्कृष्ट गीतकारको अवार्ड कस्तो हाल गीतबाट विरेन्द्र पाठकले प्राप्त गरे । कस्तो दुरी गीतबाट बिक्रम बरालले नव गायकको उपाधी जिते । राष्ट्रिय गीत तर्फको अवार्ड भने नविर्स है गीतबाट चितमान गुरुङले प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.