पोखरा प्रिमियर लिगको रेस पार्टनरमा टिभिएस अपाचे सिरीज

  २०७६ मंसिर २७ गते १९:४४     विकासन्युज

काठमाडौं । नेपालका लागि टिभिएस मोटर साईकल तथा स्कुटरका आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले पोखरा प्रिमियर लिग (पीपीएल)को रेस पार्टनरको रुपमा टिभिएस अपाचे सिरीजलाई राखेकाे छ । रेस पार्टनरका निमित्त जगदम्बा मोटर्स् प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र पीपीएलका प्रबन्ध निर्देशक छुम्बी लामाबीच आपसी समझदारी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मंसिर २८ गते देखि पौष १२ गते सम्म चल्ने पीपीएलका लागि दोस्रो सिजनको खेल तालिका सार्वजनिक भइसकेको छ । पीपीएलमा विभिन्न ६ टिम बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाईटन, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लूज र काठमाडौं रोयल्स खेल्दै छन् । उद्घाटन खेल पोखरा पल्टन र काठमाडौं रोयल्सबीच हुन लागेको पीपीएल पौष १२ गतेकोे अन्तिम खेलपछि सकिने छ ।

हालै सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा नेपालको स्तरीय प्रर्दशनी निकै प्रशंसनीय रहेको उल्लेख गर्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, “नेपालमा आयोजना गरिएको यस पालीको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालका खेलाडीहरुले हरेक विधामा निकै राम्रो प्रदर्शन गरे । धेरै भन्दा धेरै स्वर्ण पदक हात पार्न सफल भएका हाम्रा मेहनती र प्रतिबद्ध खेलाडीहरुको जोश र जाँगरले हामीलाई समेत प्रोत्साहित गरेको छ । तसर्थ, हामीले पनि नेपाली खेलकुद जगत्मा केही योगदान दिएमा नेपाली खेलकुदको भविष्य अवश्य सुनिश्चित हुने र प्रगतिको पथ तर्फ निरन्तर बढ्नेछ भन्ने विश्वासका साथ हामी पीपीएल सँग आवद्ध हुने निश्चय गरेका हौँ ।”

टिभिएस मोटर साईकलका नेपालको निम्ति आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो देशव्यापी डिलरहरुको सञ्जाल मार्फत बिक्री वितरण गर्दै आईरहेको छ । कम्पनीले सधै विभिन्न खेलकुदहरुलाई प्रायोजन गर्दै आएको छ भने विभिन्न प्रतियोगिताहरु सँग आवद्ध पनि हुदै आएको छ र भविष्यमा पनि यस्ता खेलकुदहरुलाई सधै प्रोत्साहन गर्ने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.