एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमाण्डूमा २५ प्रतिशत छुट

  २०७६ मंसिर २७ गते १८:१२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले फुडमाण्डूमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमाण्डूबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा  मात्र सो मात्रा वा अधिकतम् ४०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्बन्धि दुई संस्थाबीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र फुडमाण्डूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता सीमित अवधिका लागि रहेकाे बैंकले जनाएकाे छ ।

हाल बैंकले ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.