गरिमा विकास बैंकको १६ प्रतिशत बोनस शेयर पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो

  २०७६ मंसिर २७ गते १६:३०     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १६.१५ प्रतिशत बोनस शेयर पारित भएको छ । मंसिर २७ गते सम्पन्न गरिमाको तेह्रौं बार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।

सभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साथै, उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको इन्स्योरेन्सले जनाएको छ ।

हाल २ अर्ब ७८ करोड चुक्ता पुँजी रहेको विकास बैंकको १६.१५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । उक्त सभा शुक्रबार(आज) कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको थियो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको विकास बैंकका हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन । विकास बैंकको २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.