सिद्धार्थ बैंकको नयाँ शाखा जनकपुरको रामानन्द चोकमा

  २०७६ मंसिर २७ गते १६:२०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले जनकपुरको रामानन्द चोकमा नयाँ शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गरेका हुन् ।

बैंकले रामानन्द चोक शाखा गत भाद्र ९ गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँ पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १ सय १ शाखा रहित बैंकिङ्ग सेवा, १ सय ९४ एटिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिन मार्फत सेवा दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.