भ्रमण वर्षलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय पर्यटन तथा यातायात कार्यशाला सुरु

  २०७६ मंसिर २७ गते १५:२६     विकासन्युज

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अन्तर्राष्ट्रिय पर्यटन तथा यातायात कार्यशाला काठमाडौंमा सुरु भएको छ । बेल्ट एण्ड रोड इन्टरनेश्नल ट्रान्सपोर्ट एलाइन्स (ब्रिटा) र नासा फाउन्डेसनको सयुंक्त आयोजना शुक्रबारदेखि कार्यशाला सुरु भएको हो ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरुपमा सफल पार्न सहयोग गर्ने उद्देश्यले कार्यशाला सुरू गरिएकाे बताइएकाे छ ।  चीनको राजधानी बेइजिङ्गमा हेडक्वार्टर रहेको बीआरआई ट्रान्सपोर्ट एलाइन्स (ब्रिटा)ले नेपालको नासा फाउन्डेसनसँगको सहकार्य गरेको हो । कार्यशाला  शनिबार सम्म चल्ने जनाइएकाे छ ।

उक्त कार्यशालाले नेपाल भ्रमणा वर्षलाई कसरी सफल पार्न सकिन्छ भन्ने विषय र नेपालकाे यातायात क्षेत्रलाई सुरक्षित बनाउनका लागि कार्यशाामा प्रस्तुति रहने कार्यक्रम संयाेजक आशिष गजुरेलले बताए ।

कार्यक्रममा नेपाल इञ्जिनियर्स एसोसिएसनको सहआयोजना, तुन्दी कन्स्ट्रक्सनसँगको पार्टनरशिप, चिनियाँ हाइवे एण्ड ट्रान्सपोर्ट सोसाइटी तथा नेपाल अटोमोबाइल्स एसोसिएसनको सहकार्य रहेकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, बीआरआई एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटीजस्ता विषयमा सम्बन्धित विज्ञहरुको १६ वटा पेपर प्रस्तुत गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.