प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बरहथवामा

  २०७६ मंसिर २७ गते १३:२५     विकासन्युज

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबार सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा महतोले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताए ।

नयाँ शाखासहित बैंकको शाखा संख्या २०० पुगेको छ । छ । यस बरहथवा शाखा कार्यालयबाट यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास हुने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.