सीईओ पुनः नियुक्ति गर्दा कार्य सम्पादन मूल्यांकन रिपाेर्ट बीमा समितिमा पेस गर्नु पर्ने

  २०७६ मंसिर २७ गते १०:५८     नबिन पाेखरेल

काठमाडौं । बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरूको पुनःनियुक्ति गर्दा कार्य सम्पादन मूल्याङ्कन प्रतिवेदन बीमा समितिमा पेस गर्नु पर्ने व्यवस्था गर्न लागिएकाे छ । केही बीमा कम्पनीले कमजाेर पर्फमेन्स भएकाे सीईओ पुनः नियुक्ति गरेपछि बीमा समितिले यस्ताे व्यवस्था गर्न लागेकाे स्राेतले जानकारी दिएकाे छ ।

पहिलाे कार्यकालका लागि नियुक्त हुँदा भएकाे कार्यसम्पादन करार सम्भाैता अनुसार काम भएकाे छ छैन, उसले लिएकाे लक्ष्यमा कति प्रतिशत काम भएकाे छ, त्याे हेर्नु पर्ने अवस्था अाएकाे बीमा समितिकाे भनाइ छ ।  बीमा समिति स्राेत भन्छ ‘अघिल्लो कार्यकालमै  आफूले बनाएको बिजनेश प्लानअनुसार काम गर्न नसक्ने सीईओलाई पुनः नियुक्ति दिन भनेकाे कम्पनीलाइ कमजाेर अवस्थामा राखिराख्नु हाे । बजारलाइ यसरी छाेड्दा समस्या देखियाे।’

नयाँ सीईओले भने कम्पनीका प्रवेश गर्नु अघि आफ्ना केही योजनाहरु प्रस्तुत गर्नुपर्ने छ । बीमा समितिले दिएको जानकारी अनुसार हाल (सिईओ) चयनको प्रकृयामा कम्पनीहरु आफैले योग्य व्यक्ति खोज्ने गर्छन् । कम्पनीहरूले नयाँ सीईओ नियुक्ति गर्दा बीमा समितिसँग परामर्श लिएर नियुक्ती गर्छन् र बीमा समितिबाट स्वीकृत गराउनछन् । पुराना सीईओ  पुनः नियुक्ति गर्दा कम्पनीहरूले साेझै निर्णय गरी बीमा समितिमा स्वीकृतिकाे लागि पठाउने गरेका छन् ।

बीमा समितिले कुनै पनि व्यक्तिलाइ दुइ कार्यकाल मात्र सीईओ बन्न पाउने नियम बनाएर लागू गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.