एबीएस सहितको ‘एनएस १६०’ नेपाली बजारमा, नन-एबीएस भन्दा ३ हजार मात्र महँगो

  २०७६ मंसिर २६ गते १९:०९     विकासन्युज

काठमाडाैं । बजाज टू-व्हिलर्सको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले एबीएस सहितको एनएस १६० लाई केहि दिन अघि नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले उक्त बाइकको मूल्य दुई लाख ८९ हजार नौ सय रुपैयाँ तोकेको छ । एनएस १६० एबीएसको आगमन भएसँगै नेपालमा यसको नन-एबीएस भेरियन्टलाई चाहिँ डिस्कन्टिन्यू गरिएको छ ।

बजाजलाई आफ्नो प्रोडक्टहरुको मूल्य सवैलाई सुहाउँदो हुनेगरी राख्ने ब्राण्डको रुपमा चिनिन्छ । यस अघि एनएस १६० को नन-एबीएस भेरियन्ट दुई लाख ८६ हजार नौ सय रुपैयाँमा विक्रीवितरण भइरहेको थियो । एनएस १६० एबीएसको मूल्यमा भने केवल तीन हजार रुपैयाँ मात्र थप गर्नुलाई बजाज नेपालको राम्रो कदमका रुपमा लिन सकिन्छ । उक्त नयाँ मोडेलमा सिङ्गल-च्यानल एबीएस बाहेक अरु नयाँ परिमार्जन केहिपनि नरहेको कम्पनीले जनाएको छ । एबीएसको प्रयोगले यस बाइकको ब्रेकिङ्गलाई थप सुरक्षित समेत बनाएको छ ।

एनएस १६० मा १६०.३ सीसी ओयल कुल्ड इञ्जिन समावेश गरिएको छ जसले १५.२ बीएचपीको पावर र १४.६ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी ५ गियरहरु रहेको यस बाइकले ४५ केएमपीएल हाराहारीको माइलेज प्रदान गर्दछ भनी कम्पनीले दावी गरेको छ ।

यस बाइकको अगाडि तर्फ टेलिस्कपिक फर्क जडान गरिएको छ भने पछाडि मोनोशक जडान गरिएको छ । ब्रेकिङ्ग तर्फ दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ । १२ लिटर फ्युल ट्याङ्क क्यापासिटी रहेको एनएस १६० को तौल १४८ केजी, सिट हाइट ८०५ मिलिमिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७७ मिलिमिटरको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.