होण्डाको नयाँ शोरुम अब भैरहवामा, सिद्धि विनायक अटोले सञ्चालन गर्ने

  २०७६ मंसिर २६ गते १८:४०     विकासन्युज

काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले भैरहवाको अञ्चलपुरमा होण्डा मोटरसाइल तथा स्कूटरहरुको आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ । होण्डाले मंसिर २६ गतेका दिनदेखि उक्त शोरुमको उद्घाटन गरेको हो ।

भैरहवामा अवस्थित होण्डाको दोस्रो शोरुमलाई सिद्धि विनायक अटो इन्टरनेशनलले सञ्चालन गर्नेछ । वर्षौदेखि नेपाली ग्राहकहरुलाई उच्चस्तरीय सेवा र सुविधा प्रदान गर्दै आएको होण्डाले भैरहवामा आफ्नो नयाँ शोरुमको स्थापना गरेर त्यस क्षेत्रभरका ग्राहकहरुलाई सहज रुपमा बिक्री वितरण, सर्भिस तथा स्पेयर पार्टस् उपलब्ध गराउने केन्द्रबिन्दु बनाएको छ ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ज्योति ग्रुपकै एक भाग हो । सन् १९७६ मा स्याकार कम्पनी लि. को रुपमा स्थापित यस कम्पनी आजको दिनमा होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.