धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा शिवराम जोशी नियुक्त

  २०७६ मंसिर २६ गते १७:३३     विकासन्युज

काठमाडौं । बाग्लुङस्थित धौलागिरी लघुवित्त वित्तीय संस्थाकाे नायब प्रमुख कार्यकारी अधिकृत(डिसीईओ)मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले मंसिर २५ गतेबाट लागु हुने गरि जोशीलाई सो पदमा नियुक्त गरेको हो ।

२०६३ चैत्रबाट छिमेक लघुवित्तमा फिल्ड सहायकबाट लघुवित्त सेवामा प्रवेश गरेका जोशीले, २०६६ मा मुक्तिनाथ विकास बैंकको लघुवित्त विभाग र २०६७ देखि २०७५ साउन २ गते सम्म तत्कालिन ओम डेभलपमेन्ट बैंकको लघुवित्त विभागमा प्रमुख भई कार्य गरेका थिए । २०७५ श्रावण देखि २०७६ मंसिर २२ सम्म कालिका लघुवित्त वित्तीय संस्थाको सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका जोशी लघुवित्त क्षेत्रका अनुभवी व्यक्ति मानिन्छन् ।

जोशीको आगमनले धौलागिरी लघुवित्तको वित्तीय कारोबारमा थप टेवा पुग्ने सञ्चालक समितिले विश्वास लिएको छ । ३६ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको धौलागिरी लघुवित्त वित्तीय संस्थाको हालसम्म ७० करोड लगानी र ४७ करोड बचत रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.