आईएमई जनरल इन्स्योरेन्स ‘एशिया मस्ट ट्रस्टेड अवार्ड’ बाट सम्मानित

  २०७६ मंसिर २६ गते १२:११     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स ‘एशिया मस्ट ट्रस्टेड अवार्ड २०१९’ बाट सम्मानित भएको छ । ११ डिसेम्वर २०१९ मा थाइल्याण्डको बैंककमा आयोजित कार्यक्रममा अमेरिकाको इन्टरनेशनल ब्राण्ड कन्सल्टिङ कर्पोरेसन(आईबीसी)ले इन्स्योरेन्सलाई उक्त अवार्डबाट सम्मान गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए । उक्त अवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकालले आईबीसीलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

साथै, नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा अध्यक्ष ढकालले नेपाल सरकारले २०२० लाई वर्ष भरिनै नेपालले नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा मनाउने घोषणा गरिसकेको हुनाले २०२० मा नेपालको भ्रमण गर्न अनुरोध गरेका छन् ।

उक्त कार्यक्रममा एशियाका विभिन्न देशहरुबाट १०० वटा भन्दा बढी संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु सहभागि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.