पुस ४ र ५ गते काठमाडाैंमा फ्युजमेशिन्स आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन आयोजना हुँदै

  २०७६ मंसिर २६ गते ११:२७     विकासन्युज

काठमाडौं । लिभिङ विथ आइसिटीले आउदो पुस ४ र ५ गते काठमाण्डौंमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला आयोजना गर्दैछ । स्टार्टअप कम्पनीका नयाँ प्रडक्ट तथा इन्नोभेसनलाइ प्रवर्द्धन, प्रचार र रिकग्नाइज गर्ने उदेश्य सहित आयोजना हुने कार्यक्रममा ५० बढी स्टलहरु रहनेछन ।

विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला यसपटक भने काठमाण्डौमा आयोजना गरिएको आयोजकले बताएको छ । यसअघि गत बैशाख र जेष्ठमा बिराटनगर, बुटवल र नारायणगढमा मेला आयोजना भइसकेको छ ।

आइटी तथा इन्नोभेसनमा केन्द्रित नयाँ कम्पनी तथा आइटीका विद्यार्थीहरुले सहभागिता जनाउने यस कार्यक्रममा रोबोटहरुको फुटवल प्रतिस्पर्धा समेत हुनेछ । नेपालीहरुले बनाएका रकेटदेखि ड्रोन र सफ्टवेयरहरु प्रदर्शनमा राखिनेछ । आइटी रोजगारी सम्वन्धी जब फेयर पनि सञ्चालन हुने उक्त कार्यक्रम काठमाडाैंको थापागाँउस्थित प्रेसिडेन्टियल विजनेश स्कुलको ग्राउण्डमा आयोजना हुनेछ ।

कार्यक्रमको पहिलो दिन इमर्जिङ टेक्नोलोजिज (एआई, आइओटी, क्लाउड टेक्नोलोजिज) मा वर्कशप सञ्चालन हुनेछ । दोश्रो दिन स्टार्टअप र उद्यमशिलताको विषयमा कन्फ्रेन्स सञ्चालन हुने छ । वर्कशप, कन्फ्रेन्स र रोबोट प्रतिस्पर्धा भाग लिन अनलाइन रजिस्ट्रर गर्नुपर्ने तर प्रदर्शनी अवलोकन सबैलाई निःशुल्क गरिएको छ ।

यस कार्यक्रमले सरकारलाई स्टार्टअप तथा युवाहरुमा गर्नुपर्ने लगानी, सुविधा र वातावरणको लागि घच्घच्याउने छ भने उद्यमशिलतालाई प्रवद्धन गर्न सघाउने आयोजक समितिका संयोजक राजन लम्सालले बताए । लिभिङ विथ आइसिटीले विगत ५ वर्षदेखि आइसिटी अवार्ड कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।

स्टार्टअप मेलाको शीर्ष प्रयोजन एआइमा काम गर्ने कम्पनी ’फयुज मेसिंस’ ले गरेको छ । कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, रोबोटिक्स क्लब अफ एसोसिएशन, साइन्स टिचर्स एसोसिएशन, सिएसआइटी एसोसिएसन, टेक्नोरियो, नियर, कनेक्ट आइपिएस, ब्रोडवे इन्फोसिस, लगायतका संघसस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.