एनसीसी बैंकले तीन अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

  २०७६ मंसिर २५ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) जारी गर्ने भएको छ । १० वर्षे अवधि रहेकाे “१०.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नामको उक्त ऋणपत्रमा १०.५० प्रतिशत व्याज पाइने छ ।

बैंकले कूल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणतर्फबाट निष्काशन गरिने बैंकले जनाएको छ ।

उक्त ऋणपत्र निष्काशन गर्न बैंकले १० वर्षको लागि बिक्री प्रबन्धकमा नक्सालको नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गलाई नियुक्त गरेको छ । सो सम्बन्धि दुई संस्थाबीच द्धिपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश राज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको तर्फबाट सीईओ सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.